धनगढी : बझाङमा सुरक्षित गर्भपतन सम्बन्धी जनचेतनात्मक प्रशिक्षण सम्पन्न भएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ९ देवलमा प्रशिक्षण सम्पन्न भएको हो । वडा नम्बर ९ को सहयोग तथा visible Impact को आयोजनामा जेठ १३ गते सुरक्षित गर्भपतन सम्वन्धी जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो । स्थानिय किशोरी, स्वास्थ्यकर्मी सहितको उपस्थितीमा जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो ।
visible Impact का युथ च्याम्पियन मेनका वड, शिशिर तिरुवा र कुशल वडले प्रशिक्षण दिएको कार्यक्रममा ५० जना स्वास्थ्यकर्मी तथा किशोरीहरुको सहभागिता थियो ।