धनगढी : कञ्चनपुरका बिभिन्न ठाउँबाट करिब तीन लाखको अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार २ लाख ७२ हजार तीन सय ७० को भन्सार छलीको सामान बरामद गरिएको हो।
लौरीबाट एक लाख पाँच हजार नौ सय, दोधाराबाट ११ हजार, बेलडाँडीबाट २४ लाख सात सय ५०, त्रिभुवन बस्तीबाट ५४ हजार, शंकरपुरबाट २७ हजार एक सय ८०, भुडाबाट चार हजार आड सय ४० र परासनबाट ४४ हजार सात सयको भन्सार छलीको सामान बरामद गरिएको हो। प्रहरीले एक थान मोटरसाइकल, एक थान साइकल, चिनी, बिडी, सुर्ती, किट्नाषक औषधी, बिस्कुट, जार र हार्डवेयरका सामानहरू बरामद गरेको हो।