धनगढी : बाजुरामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जगन्नाथ गाउँपालिका–३ का २८ वर्षीय मदन ढोलीलाई गएराति प्रहरीले पक्राउ गरेको हो।
ढोलीले ती किशोरीलाई पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी धुलाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।