काठमाडौं । कोलकाता नाइट्स राइडर्स इन्डियन प्रिमियर लिग ९आईपीएल०को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनल प्रवेश गरेको हो ।
पहिले ब्याटिङ गरेको हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३।४ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गर्यो । कोलकाताका कप्तान श्रेयस ऐयरले सर्वाधिक ५८, वेंकटेश ऐयरले ५१ रन, ओपनर रहमनुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रन जोडे । हैदराबादका कप्तान प्याट कमिन्स र नटराजनले समान एकरएक विकेट लिए ।
पहिले ब्याटिङ गरेको हैदराबादले १९।३ ओभरमा सबै विकेट गुमाएर १५९ रन बनाएको थियो । हैदराबादका राहुल त्रिपाठीले ५५, हेनरिच क्लासनले ३२, प्याट कमिन्सले ३० रन बनाए । अन्य ब्याटर भने चल्न सकेनन् ।
कोलकाताका मिचेल स्टार्कले तीन, वरुण चक्रवर्तीले दुई विकेट, वैभव अरोरा, हर्षित राना, आन्द्रे रसेल र सुनिल नरिनले एकरएक विकेट लिए । पराजित भए पनि हैदराबादलाई फाइनल प्रवेशका लागि अझै एक अवसर छ ।
हैदराबादले राजस्थान रोयल्स र बेंगलुरबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटर खेल आज हुँदैछ भने क्वालिफायर शुक्रबार हुँदैछ ।
आईपीएलको फाइनल खेल आइतबार हुनेछ ।