धनगढी । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश र मधेश प्रदेश सहित देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी तराई भू(भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत बाँकी पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।
त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेश र बागमती प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने बुलेटिनमा उल्लेख छ।