धनगढी : सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले युवा शक्ती अगाडी नबढ्दासम्म बिकास सम्भव नरहेको बताएका छन् । बुधबार प्रदेश युवा परिषद सुदुरपश्चिमले आयोजना गरेको नमुना युवा सांसद अभ्यास कार्यक्रमको उद्घाटन गर्दै युवाहरुनै अगाडी बढ्नुपर्नेमा जोड दिए । युवा शक्ती बिदेश पलायन भइरहेको बिषयमा चिन्ता ब्यक्त गर्दै प्रदेश प्रमुख मियाले स्वदेशमै आफै केही गर्न तर्फ लाग्नुपर्नेमा जोड दिए ।
युवाहरु अगाडी नबढ्दा देशको बिकास सम्भव छैन उनले भने “सबै युवाले आफ्नै ठाउँमा काम गर्ने आटँ गर्नुपर्छ र अनी मात्रै देश बिकास हुन्छ, यो नमुना युवा ससंद कार्यक्रमले सक्षम नेतृत्व चयन गर्ने बिषयमा चेतना बिकास गर्ने छ, नेतृत्वले गर्नुपर्ने काम कार्वाही, ससंदको भुमिका बारे यसले प्रस्ट पार्ने र, युवाहरुमा आफ्नै ठाउँमा केही गर्ने जागँर पलाउने छ ।”
सुदुरपश्चिमका ९ वटै जिल्लाबाट युवा यहभागी कार्यक्रम ३ दिनसम्म चल्ने प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुवँरले बताए । सघिंय ससर्त र प्रदेशको बजेटबाट यो कार्यक्रम आयोजना गरिएको उनले बताए । कुवरले यसबाट भविश्यको सक्षम नेतृत्व उत्पादन हुने बिश्वास ब्यक्त गरे । सरकारले युवाहरुमा गरेको लगानी खेर नजाने बताउँदै उनले युवाका क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।