कञ्चनपुर। कञ्चनपुको कृष्णपुर र दोधारा चाँदनीमा आगलागी भएको छ।
बुधवार कञ्चनपुको कृष्णपुर नगरपालिका-१ कुन्ज कल्लीका मनबिरेराम भुलको बाख्रा तथा कुखुरा पालन गर्ने हाल खाली रहेको कृषि फर्ममा बिद्युतको तार सट भइ भएको हो। फर्ममा बुधवार दिउँसो आगलागी हुँदा अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
यस्तै बुधवार दिउँसो दोधारा चाँदनी नगरपालिका-२ कमलाशा टोलका मानसिंह बिष्टको कच्ची गोठ र भान्छा कोठामा बिद्युतको तार सट भइ आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट भान्छाकोठा, गोठ, गहुँ, कुर्सी लगायतका सामान गरि अन्दाजी ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।