धनगढी। कैलालीको बुढीतोलामा बस र मोटसाइकल ठोक्किदा दुर्घटना भएको छ ।
कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोलामा उत्तरबाट दक्षिणतर्फ गइरहेको सु.प.प्र.०२००१ ख १२८७ नम्बरको बस र सु.प.प्र. ०१०११ प ९४७६ नम्बरको विपरीत दिशातर्फ आइरहेको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा
मोटसाइकल चालक घाईते भएका छन् । घाईते हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका १ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐर हुन् ।इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले उनको उपचार धनगढीस्थित सेती प्रादेशिक अस्पताल भैरहेको बताए ।बस प्रहरीको नियन्त्रणमा रहेको र बस चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी थापाले बताए ।