काठमाडौँ। सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँ थियो । हिजो सुनको मूल्य स्थिर रहेको थियो । चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर १ हजार ६६० रुपैयाँ पुगेको छ ।