धनगढी। दशरथ चन्द बैतडी विद्यार्थी समाजको नयाँ कार्यसमिति चयन भएको छ। समाजको चौथो अधिवेशनबाट आशा बोहराको नेत्तृत्वमा १३ सदस्यीय कार्यसमिति बनेको हो ।
समाजका निवर्तमान अध्यक्ष चेतन विक्रम चन्दको नेतृत्वको कार्यकाल सकिएपछि नयाँ कार्यसमिति चयन गरिएको हो । एश्वर्य बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा आशा बोहरा,उपाध्यक्षमा राकेश मडै, बासुदेव बडु सरस्वती महरा, सचिवमा करुणा चन्द, सह–सचिवमा रोहित महता,राजेन्द्र मडै कोषाध्यक्षमा सरस्वती भट्टराई, सह–कोषाध्यक्षमा महेश चन्द चयन भएका छन्।
यस्तै कार्यसमितिको सदस्यमा वसन्त भाव पाण्डेय,दिपक चन्द, लक्ष्मण कलौनी लगायत१३ सदस्यीय कार्यसमिति चयन भएको विद्यार्थी समाजकी नव निर्वाचित अध्यक्ष आशा बोहराले बताइन्।यस्तै कार्यसमितिमा ४ जना सदस्यहरू समाजको पहिलो बैठकमा सर्व– सहमतिका आधारमा मनोनयन गरिन उनले बताइन् ।