कञ्चनपुर। कञ्चनपुरमा घरभित्रै एक युवक मृत अवस्थामा फेला परेका छन्।
कञ्चनपुरको बेदकोट नगरपालिका–१० चतहरीका २३ वर्षीय बिशाल कामी आफ्नै घरभित्र शुक्रवार मृत अवस्थामा फेला परेका हुन्। मृत्युको कारण भने खुलेको छैन । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।