धनगढी। कैलालीको धनगढीसँग सीमाना जोडिएको गौरीफन्टा हुँदै नेपाल प्रवेश गरेका दुई जना कैलाली भन्सार क्षेत्रमा लुटिएका छन्। भारतको हरियाणामा ६ महिना मजदुरी गरी फर्किरहेका बैतडी सिगास गाउँपालिका–३ का खडकसिंह धामी र अमरसिंह धामी लुटिएका हुन।
उनीहरु आज (बुधवार) बिहान गौरीफन्टा हुँदै नेपाल प्रवेश गरेका ति दुबै जना धनगढी चौराहका लागि विद्युतीय रिक्सामा आउनेक्रममा लुटिएका हुन्। आज बिहान मोटरसाइकलमा आएका २ जनाले सामान नै लगेर फरार भएका छन्।लुटेराको विषयमा अहिलेसम्म कुनै अत्तोपत्तो नभएको खडकसिंह धामीले बताए । गौरीफन्टाबाट अटोमा आउने क्रममा बाइकमा आएका २ जनाले सामान देखाउन भने ।
उनले भने, पुरानो सामानहरु केही गरेन। नयाँ सामानहरु भन्सारमा लग्छु भनेर लग्नुभयो। उनले भने, हामीले प्रहरी सोचेका थियौ। अटोवालाले पत्रकार हो भन्यो। सामान लिने भए १० बजे भन्सार आउनु भन्नुभएको थियो। हामी भन्सार गयौ। तर, सामान भन्सारमा नभएको पाइयो ।गौरीफन्टामा बिहान साढे ५ बजे पुगेका दुबै जना भन्सार क्षेत्रमा लुटिएका हुन्। सामानको विषयमा प्रश्न गर्दा पसल हालेको छ भन्दा घरका लागि सामान भएको अमरले भनेको बताए ।
भन्सारमा १० पुग्दा चेक हुने भनेर लगेर लगेको सामान नदखीएको बताए । कपडा, साबुन, लगायतका सामान लगेको हो। प्रहरीलेसमेत लुटेराका विषयमा कुनै जानकारी नपाएको धामीले बताए। यसका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीमा निवेदन नै परेको छ। प्रहरीले सीसिभिटि फुटेजसहितको विवरण सङ्कलनको काम थालेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कवीन्द्रसिंह बोहराले प्रहरी र पीडितहरुलाई भन्सार क्षेत्रमा पठाएको बताए।