धनगढी । धनगढीमा बाजुरेली सेवा समाजको कार्यालय उद्घाटन गरिएको छ। आज (बुधबार) बाजुरेली सेवा समाजको कार्यालय भवनको समुद्घाटन तथा २०८१ सालको शुभकामना आदान प्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रम गरिएको हो।
धनगढीको शिवनगरमा रहेको कार्यालयको समाजसेवी चक्रबहादुर थापाले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्। कार्यालयका लागि समाजेसेवी थापाले जग्गा दान गरेका थिए। समाज स्थापना भएको लामो समय भए पनि कार्यालय नहुँदा काम गर्न असहज भएको थियो । जग्गादान दाता थापाले बाजुरेली समाजको आफ्नै भवन निर्माण भएकोमा प्रसंसा व्यक्त गर्दै समाज बनाउनमा सबैको योग्दान रहेको बताए।
यसले गर्दा बाजुराको संस्कृति जोगाउने काम मात्र नभएर भोलिका दिनहरुमा केही परिवर्तन काम हुने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा बाजुरेली समाजका अध्यक्ष बजिरसिंह धामीले समाजका लागि पाईलो टेक्ने भवन बनाईरहँदा सबैका लागि गौरवको विषय भएको बताए । ‘सामाजिक एकता, संस्कृति संरक्षण र पहिचान प्रबद्र्वनमा हाम्रो अभियान’ भन्ने भन्ने मुल उधेश्यले बाजुरेली समाजको कार्यलय भवनको समुद्घाटन गरिएको हो।
कार्यक्रममा २०८१ सालको शुभकामना आदान प्रदान एवम् भित्तेपात्रो विमोचन समेत गरिएको छ ।कार्यक्रममा बाजुराका बुढीगंगा नगरपालिका पुर्व मेयर दिपक शाहले छोटो समयमा धेरै उपलब्धि मुलक काम भएकोमा प्रसंसा गरे ।
भवन निर्माणमा २ लाख २८ हजार १ सय ९४ रुपैयाँ खर्च भएको जनाएको छ । समाजले विभिन्न व्यक्तिहरुबाट चन्दा संकलन र देउसी, भुवा पर्व खेलेर उक्त रकम उठाएको हो । समाजका अध्यक्ष बजिर सिहँ धामीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समाजसेवी धर्मबहादुर सिहँ समाजका पर्व अध्यक्ष कुलबहादुर हमाल, प्रमुख सल्लाहकार हिक्मत बहादुर शाह लगायतको उपस्थिति रहेको थियो।