कञ्चनपुर। कञ्चनपुरमा अंशबण्डा मुद्दाका ३ जना फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरले कैद सजाय तथा जरिवाना ठहर गरेपछि फरार रहेका तीन जनालाई हिजो मंगलवार पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका वडा नम्बर ५ बस्ने ५८ वर्षीय चन्द्रदेब भट्ट, ५० वर्षीया नन्दादेवी भट्ट र ३५ वर्षीय मोहन भट्ट हुन्।
फरार तीनै जनालाई मंगलवार ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए। सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।