धनगढी : धनगढीका भोबी बहादुर कटुवालको १५ लाख बढी रकम लिएर एक दम्पति सम्पर्क बिहिन भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ बस्ने भोबी बहादुर कटुवाल (भुपेन्द्र) को १५ लाख बढी रकम खाएर पर्सा जिल्ला बिरगन्ज महानगरपालिका वडा नम्बर ३ स्थाई ठेगाना रहेका ४७ दिपक सर्राफ र उनकी श्रीमती रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर ४ (साबिक चन्द्र निहापुर गा.बि.स वडा नम्बर १) मा बस्ने पुनम कुमारी स्वर्णकारले १०,००,००० (अक्षरुपी रु दश लाख रुपयाँ) रकम लिएर सम्पर्क बिहिन भएको कटुवालले बताएका छन् । ब्यवसायकै लागी भन्दै गत असारमा बैकंको ब्याज तिर्ने सहमती गरेपछि बैकंबाट रिण निकालेर नगद १०,००,००० लाख दिएको कटुवालले बताए ।
निज दम्पतिहरुले १० लाख नगद लिनुभयो त्यसको कागज सबै बनाएको छु उनले भने “चिनजान राम्रो थियो, धनगढीमै उहाँ सुनचाँदी पसल सञ्चालन गर्दै आइरहनु भएको थियो, काम गरिरहेको मान्छेलाई सहयोग गरौँ भनेर बैकंबाट रिण निकालेर सो रकम दिएको हुँ, पछि फेरी दुई लाख जती चाहिएको छ केही दिनमै फिर्ता गर्छु भन्नुभयो फेरी २ लाख रकम थपे ।” हाल धनगढी उपमहानगरपालिका वडा नम्बर १ प्रेम बि.सीको घरमा बस्ने, धनगढी गोल मार्केटमा आशिस डाइकटिङ तथा सुन चाँदी पसल सञ्चालन गर्दै आएका उनिहरुले एक बर्षभित्र सो रकम तिर्ने कागज गरेको कटुवालले बताए । साथै मैले सञ्चालन गरेको श्री मोडर्न एरा इग्लिस बोर्डिङ स्कुलमा निजहरुकी जेठी छोरी श्रृस्टी सर्राफ, कान्छी छोरी पियु सर्राफ र छोरा रिदम सर्राफको शुल्क, पाठ्यपुस्तक शुल्क गरी ३ लाख रुपयाँ समेत नतिरेरै सम्पर्क बिहिन बनेको उनले बताए ।
सबै मिलाएर नगद रकम र बिद्यालय शुल्क लगाएर हुन आउने १५ लाख रकम संगै मंसिर देखीको बैकं ब्याज समेत नतिरि सम्पर्क बिहिन भएका कारण चाँडै सम्पर्कमा आउन उनले आग्रह गरे । अँझै आफुबाट लिएको रकम सहित सम्पर्कमा नआए कानुनी उपचार खोज्ने समेत उनले चेतावनी दिए ।