धनगढी। धनगढीका तिन स्थानबाट भन्सार छलिका सामान बरामद गरिएका छन् । धनगढी उपमहानगरपालिका-२ त्रिवेणीघाट, धनगढी-९ बङग्राकटान नजिक र धनगढी १३ आयुर्बेदिक अस्पताल नजिकबाट गरी ३ लाख बढीका भन्सार छलिका सामान बरामद गरिएका हुन् ।
अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ३ लाख ७ हजार ५५० मूल्य बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जसमा प्याज, कोट पेष्टीङ, कोटको चेस्ट, पाईन्टको भेल ग्रुप, पाईन्टको हुक, सर्टको बटन, ज्याकेटको फाईबर, साईकलका ट्युव, प्लाष्टिक डोरी लगायतका सामानहरु छन् । जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो । सो सम्बन्धमा प्रहरुीले थप अनुसन्धान गरिरहेको जनाएको छ।