बैतडी। बैतडीमा घर लिप्ने माटो लिन गएकी एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ । बैतडीको सिगास गाउँपालिका–५ की अन्दाजी २४ वर्षीया चन्द्रा कुमारी धामीको (आइतबार) भीरबाट लडेर मृत्यु भएको हो ।
स्थानीय घर नजिकैको खल्लीगडान भन्ने भीरबाट लडेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनी घर लिप्ने माटो लिन भीरमा गएकी थिइन् । धामी सिगास शिक्षा क्याम्पस गाजरीमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत रहेकी थिइन् ।