धनगढी। धनगढीको एरिष्टो इङलिस बोर्डिङ स्कुल र द दरवार इङलिस बोर्डिङ स्कुलद्धारा धनगढी १२ को बेहडाबाबा आ.बि.लाई साढे ३ लाख बराबरको शैक्षिक सामाग्री सहयोग गरिएको छ।
आज (आईतबार) धनगढीको एरिष्टो इङलिस बोर्डिङ स्कुलका अध्यक्ष तथा प्राधानाध्यापक शान्ती अधिकारी तथा द दरवार इङलिस बोर्डिङ स्कुलका संस्थापक अध्यक्ष पृथ्वी शाहद्धारा बेहडाबाबा आ.बि.लाई उक्त रकम बराबरको शैक्षिक सामाग्री सहयोग गरेका हुन् । एरिष्टोकी अध्यक्ष अधिकारीले १ लाख ५० हजार र द दरवार इङलिस बोर्डिङ स्कुलका संस्थापक अध्यक्ष शाहले २ लाख बराबरको शैक्षिक सामाग्री बेहडाबाबा आधारभुत बिद्यालयमै पुगेर हस्तान्तरण गरेका हुन् । द दरवार इङलिस बोर्डिङ स्कुलले एक जना शिक्षकको ब्यवस्था गरिदिने बताएको छ। किताव,कपी लगायतका सामाग्री पाएपछि बिद्यार्थी निकै सुखी भएका थिए। बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई केही मात्रामा शैक्षिक क्षेत्रमा सहज होस् भन्ने उदेश्यले सहयोग गरेको एरिष्टो इङलिस बोर्डिङ स्कुलका अध्यक्ष तथा प्राधानाध्यापक शान्ती अधिकारीले बताइन्।द दरवार इङलिस बोर्डिङ स्कुलका संस्थापक अध्यक्ष पृथ्वी शाहले बिद्यालयको केही मात्रामा भएपनी यस्ले बिद्यार्थीहरुलाई शैक्षिक गतिबिधीमा सहयोग पुग्ने बताए । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रामचन्द्र भट्टले शैक्षिक सामाग्री सहयोगले बिद्यालय र बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक उन्नयनमा टेवा पुग्ने बिश्वास ब्यक्त गरेका छन् । साथै शैक्षिक सामाग्री सहयोग गरेकोमा दुबै बिद्यालय परिवारलाई धन्यवाद दिएका छन् ।यसअघि आजै धनगढी वडा नम्बर १२ का वडा सदस्य महेन्द्र खड्काले आफ्नो जन्मीदनको अवसरमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेका थिए ।