धनगढी। कैलालीको लम्कीस्थीत एक जनाको घरमा आगलागी भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ वादीवस्तीका पारस वादीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ।
प्रदेश आपतकालीन सञ्चालन केन्द्र धनगढीले विधुतको तार सर्ट भई आगलागी भएको जनाएको छ। आगलागीबाट घरमा रहेको अन्नपात, लुगाकपडा जली नष्ट भएको भएपनी मानविय चौपाया क्षति भने केहि भएको छैन्। स्थानीय, प्रहरी र दमकलको सहायताले आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको बताइएको छ।