इलाम। अहिले भइरहेको इलाम –२ को उपनिर्वाचनमा अहिले सम्म ५१ प्रतिशत मत खसेको छ । विहान प्रायः सबै मतदान केन्द्रहरुमा मतदाताको चाप कम भए पनि दिउँसो मतदाताको चहलपहल बढेको छ ।
अहिले साढे २ बजेसम्ममा खसेको मत ५१ प्रतिशत पुगेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।इलाम २ मा मतदाता १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् । अहिले सम्म सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।
बिहान ७ बजे सुरु भएको मतदान १० बजेसम्म सबैतिर मर्यादित रूपमा भइरहेको जानकारी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।इलाम २ मा ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्र छन् । उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।