डडेल्धुरा। डडेल्धुरामा एक जनाको आगोमा परेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार जिल्लाको नबदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा परेर मृत्यु भएको हो।
आफ्नै खेतबारीको घेरबार हाल्नको लागी झिग्रा काट्ने क्रममा शुक्रवार दिउँसो सोही ठाउँका दिपक राज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडी चुनाराको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।