कञ्चनपुर। कञ्चनपुरमा रेष्टुरेन्ट भित्र जुवातास खेलिरहेका ११ जुवाडे नगदसहित पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने ४६ वर्षीय लालबहादुर सिंहले सोही ठाँउमा सञ्चालन गरेको कालीका रेष्टुरेन्ट भित्र जुवातास खेलिरहेको अबस्थामा सञ्चालक सिंहसहित ११ जनालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त रेष्टुरेन्टबाट उनिहरुलाई नगद ५७ हजार ३२९ र १३१ पत्ति ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।