धनगढी। धनगढी वडा नम्बर ३ को कार्यालयले गर्भवती तथा सुत्केरी महिलालाई सहयोग गरेको छ। मंगलबार वडा कार्यालयले ६० जना सुत्केरी र ५० जना गर्भवती गरी ११० महिलालाई सहयोग गरेको जनाएको हो।
गर्भवती महिलालाई एक क्रेट अन्डा, एक पाकेट बदाम र पिस्ता र एक पिस साबुन प्रदान गरिएको वडा अध्यक्ष राजबहादुर ऐरले बताए। यस्तै, सुत्केरी आमालाई एक क्रेट अन्डा, बच्चालाई मालिस गर्ने तेल, स्याम्पू, स्काप र बेबी पाउडर वितरण गरिएको वडा अध्यक्ष ऐरले जानकारी दिए। सुत्केरी र गर्भवती आमाको पोषणमा सहयोग पुगोस् भनेर पोषणयुक्त सामाग्री वितरण गरिएको वडा अध्यक्ष ऐरको भनाई छ।