बैतडी। बैतडीमा स्थानियले थापेको पासोमा चितुवा परेको छ । आज सोमवार बैतडीको सिगास गाउँपालिका–९ च्वाँ भेरीखोलामा स्थानीयले थापेको पासोमा परेको डिभिजन बन कार्यालय बैतडीले जनाएको छ ।
डिभिजन बन कार्यालय प्रमुख दिलिप कुमार यादवले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली आएपछि मात्रै पासोमा परेको चितुवाको उद्धार गरिने बताए । डिभिजन बन कार्यालयको टोली र प्रहरीको टोटी उक्त क्षेत्रमा खटाइसकेको उनले जानकारी दिए ।
सोमबार बिहान ९ बजेको समयमा चितुवा पासोमा परेपछि स्थानियले प्रहरि तथा वन कार्यालयमा खबर गरेको उदयदेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिनेश चन्दले बताए । पासो किन र केका लागि थापेको हो भन्ने खुलेको छैन् । सो सम्बन्धमा अनुसन्धान भैरहेको डिभिजन बन कार्यालय बैतडीले जनाएको छ ।