कञ्चनपुर। कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट लागूऔषध २६ थान फेनारगन र २६ थान बुप्रेनोरफिनसहित दुई जना पक्राउ परेका हुन्।
भीमदत्त नगरपालिका–४ का २० वर्षीय चक्र सुनार, र सोही ठाउँका दिपक दमाईलाई शनिबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुबै जनालाई भारतबाट नेपाल आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।