धनगढी : नागरिक उन्मुक्तिबाट सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका हुन् । बिना बिभागिय मन्त्रीको सपथ लिन आस्विकार गरेका कैलासले बल्ल साढे नौ बजे भौतिक पुर्बाधार मन्त्रालय दिने सहमति पछि सपथका लागी तयार भएका थिए । उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण पनि गराएका छन् ।
उनी सङ्गै रहेकी टीका थापा सपथ ग्रहण न गराएको भन्दै प्रदेश प्रमुखको कार्यालय बाट वाहिरीएकि थिइन । उनलाई अन्य मन्त्री सङ्गै भोलि या पर्सि सपथ गराउने मुख्यमन्त्री दीर्घ सोडारिले तयारी गराएका छन् ।