धनगढी :सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख नाजिर मियाबाट उनले सपथ लिएका हुन् । उनि संगै नागरिक उन्मुक्तीका कैलास चौधरी र टिका थापापनि मन्त्रीको सपथ लिने तयारीमा थिए । हाल बिना बिभागिय मन्त्रीको सपथ खुवाएर पछि बिभाग तोक्ने तयारी गरेका मुख्यमन्त्री सोडारीले उन्मुक्तीलाई सपथ गराउन सकेनन् । सपथ ग्रहणको अन्तिम समयमा आएर बिभाग तोक्नुपर्ने भन्दै कैलाश चौधरी सपथ लिनै गएनन्, भने सपथ लिन कार्यक्रम भित्र पुगेकी टिका थापालाई सपथ ग्रहण कार्यक्रमबाटै बाहिर निकालियो । टिकापुरका मेयर रामलाल डगौराले सांसद थापालाई अहिले सपथ नखानुस हिन्नुस भनेर बाहिर ल्याएपछि तनाव उत्पन्न भयो ।
त्यसपछि मुख्यमन्त्री सोडारी एक्लैले सपथ ग्रहण गरे । त्यसपछि दुई जनाले फुल मन्त्रीको सपथ खाने तयारी गर्दा हाम्रो अपमान भयो भन्दै टिका थापा र उनका श्रीमान पार्टीका महासचिव समेत रहेका रतन थापा प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिएका छन् । टिकापुरका मेयर डगौराले अब सपथ खानुस भन्दा सपथ खान भित्र गएका बेला नखाउ भनेर बाहिर पठाउने थापाले भनिन् “हामी सपथ खादैनौँ, यहाँ आउँदापनि आउँदैनौ, तपाइहरुनै खानुस ।” यति भन्दै थापा दम्पति बाहिरिएका छन्, भने मुख्यमन्त्री सोडारी सहित गठबन्धन दलका नेताहरु मिलाउन छलफलमा बसेका छन् ।