जनकपुरधाम। जनकपुरमा जलिरहेको अवस्थामा मृत फेला परेको छोरीको पनि मृत्यु भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६, पुलचौकमा रेल्वे लिक नजिक पोखरी डिलमा राति ८ बजेतिर महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया मप्रियंका महतो जलिरहेको अवस्थामा मृत फेला परेकी थिइन् ।त्यहाँ जलिरहेको अवस्थामा १० महिने उनको छोरी माही जीवितै फेला परेको तर उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । युवतीको माइत महोत्तरीको पिपरा गाउँपालिका १ हो । पछिल्लो समय उनको पर पुरुषसँग सम्बन्ध बसेपछि उनी जनकपुरमा बस्दै आएको प्रहरी स्रोतले जनाएको छ ।