अछाम। अछाममा विद्युतको तार सर्ट भई एक घरमा आगलागी भएको छ। अछामको चौरपाटी गाउँपालिका–७ मार्कु खोलास्थित ६ कोठे पक्की घरमा आगलागी भएको हो। मंगलबार बिहान विजुलीको तार सर्ट भएर स्थानिय ५० वर्षीय रतन बोगटीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट घरभित्र रहेका कपडा, अन्न, भाडावर्तन, कागजपत्र, २.५ तोला बराबरको सुन र एक लाख ५० हजार नगद समेत जलेको छ। घर र घरभित्र रहेका धनसम्पती गरेर करिब ४५ लाखको क्षति भएको अनुमान गरिएको छ। प्रहरी चौकी चौखुट्टेबाट तीन जना प्रहरी टोली घटनास्थलमा पुगेको छ। स्थानीय र प्रहरीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ।