धनगढी। धनगढी उपमहानगरपालीका वडा नम्बर १२ मा रहेको बेहडाबावा आधारभुत बिद्यालय शैक्षिक गन्तव्यका रुपमा विकास हुँदै गएको छ । २०६७ सालमा स्थापना भएको बिद्यालय पछिल्लो समयमा शैक्षिक क्षेत्रको बिकास र गन्तब्यको रुपमा बिकास हुँदै गएको हो।
धनगढी उपमहानगरपालीका क्षेत्रमा नमूना विद्यालयका रुपमा पहिचान बनाएको बेहडाबाबा आधारभुत बिद्यालयमा नर्सरी देखी कक्षा ५सम्म पढाई हुने गरेको छ। बिद्यालयसँग १७० जना भन्दा बढी बिद्यार्थीहरु अध्ययन गर्दै आएकोमा यही नयाँ शैक्षिक सत्रमा भर्ना अभियान सुरु भएसँगै बिद्यालयमा थप बिद्यार्थी भर्ना भैरहेका छन् । शान्त र सुन्दर वातवरण,अंग्रेजी माध्यमबाट पढाई, निशुल्क कपी पेन्सीलको ब्यवस्था सँगै प्रविधिमैत्री शिक्षा रहेको छ।
बिद्यालयमा सुविधा, गुणस्तरीय शिक्षा, प्रयाप्त खेल मैदान भएको, हरेक शुक्रबार आन्तरिक कृयाकलाप गराउँदै आएको, निशुल्क मन्टेश्वरीबाट पढाई हुँदै आएको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राम चन्द्र भट्टले बताए ।
शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै विद्यालय जाने प्रारम्भिक उमेर समूहका बालबालिकालाई लक्षित गर्दै प्रविधिमैत्री सुविधा सम्पन्न मन्टेश्वरी कक्षा सञ्चालन गर्दै आएको छ । पर्याप्त खेलमैदान, सुविधा सम्पन्न शौचालय, खानेपानी, प्रयोगशाला, पुस्तकालयलगायतको राम्रो सुविधा रहेको बताए । हाल यस विद्यालयमा आधा दर्जन जती शिक्षक, कर्मचारी कार्यरत छन् । उपमहानगरपालीकाबाट कुनै पनी सेवा सुबिधा नलिएर पनी आफ्नै बलबुतामा शैक्षिक गतिबिधीमा अग्रसर लिदै गइरहेको बिद्यालयले जनाएको छ । बिद्यालयको ब्यवस्थापन तथा शिक्षामा सुधार भएकाले त्यसकारण बिद्यालयप्रति अभिभावकको रोजाई र विद्यार्थीको आकर्षण बढेको छ। बिद्यालयका शिक्षक, कर्मचारी, व्यवस्थापन समितिको अहोरात्र खटाईले शैक्षिक तथा भौतिकस्तर सुधार भैरहेको छ । शिक्षक, कर्मचारीको इमान्दारितापन, समुदायले बेहडाबाबा विद्यालयप्रति लिएको विश्वास, न्यूनतम् शुल्कमा विद्यालय सञ्चालन भएकाले बर्सेनि विद्यार्थीको सङ्ख्या बढ्दै गएको ब्यवस्थापन समितीका अध्यक्ष भट्टको बुझाई छ। यस्तै बिद्यालयले शैक्षिक गतिबिधीमा धनगढीका अन्य बोडिङ्ग स्कुलसँग कम्पिटीसन गर्दै आएकाले शिक्षा क्षेत्र र रचनात्मक कृयाकलापमा अब्बल सावित बन्दै गएको छ । समयानुकूल शिक्षण सिकाइलाई अवलम्बन गरेर शैक्षिक वातावरण व्यवस्थापन गर्दै जाँदा हिजो स्कुल आउन नमान्ने बालबालिका अहिले नियमित स्कुल आउने, पठनपाठनमा चासो दिने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टले बताए । ‘विद्यार्थीको चौतर्फी सिकाइमा विद्यालयले कुनै सुविधा कञ्जुस्याइँ नगरेको र पारिवारिक वातावरणमा शिक्षण कार्य भइरहेको छ, सरकारी र संस्थागतमा पढेका विद्यार्थी यहाँ आउनेक्रम बढिरहेको उनले बताए ।