धनगढी। धनगढी उपमहानगरपालीका वडा नम्बर ३ चटकपुरका स्थानियले सडक अवरुद्ध पारेका छन् । सडक धुलामे हुँदा पटक पटक सडक निर्माण गर्न आग्रह गरिएपनी निर्माण कम्पनी र उपमहानगरपालीकाले ध्यान नदिएको भन्दै स्थानियले चटकपुर राजघाट सडकखण्ड अवरुद्ध पारेका हुन् ।
उनीहरुले तेस्रोपटक हिजो (आइतबार) देखी सडकमा आवतजावत बन्द गराएका छन् । यसअघि गत चैत्र ४ गते पनी सडक अवरुद्ध गरेका उनीहरुले फेरी दैनिक रुपमा सडकखण्ड धुलाम्य हुँदा हैरान भएपछि सडक अबरुद्ध गर्न बाध्य भएको बताएका छन्। धनगढी ३ चटकपुर चौराह,फाप्ला हुँदै मोहना नदिसम्मको १ किलोमिटरको उक्त सडक समयमा नबनाइदा धुलाम्य हुँदा आफुहरुले सास्ती बेर्होनुपरेको स्थानिय ब्यापारी नारायण दत्त भट्टले बताए।
सुरुमा सडक बन्ने आश गरिएपनी निर्माण कम्पनी र उपमहानगरपालीको लापरवाहीले अहिले काम रोकिएको बताए । दैनिक सडकमा आवातजावत गर्ने सर्बसाधारण, ब्यापारी तथा घर धनीलाई निकै समस्या हुने गरेको र धुवाँधुलोले मानिसहरु बिरामी समेत भैरहेको उनको भनाई छ । सडक निर्माणको ठेक्का भएको तिन बर्ष भैसकेको छ, तिन बर्षको म्याद फागुनमै सकिएको हो । उनले भने, ६३ साल देखी धुलाम्यम र हिलाम्य सडकमै जिवन बिताइरहेको छु, यतिका बर्ष हुँदा पनी अहिले सम्म बन्न सकेको छैन्, सर्बसाधारण यात्रु स्थानिय र ब्यापारीलाई निकै सास्ती भैरहेको छ,उनले भने ।
उनले सम्बन्धित निकायले सडक समयमै कालोपत्रे गरि आवतजावतमा सहजता प्रदान गर्न आग्रह गरेका छन् । यो सडकखण्डमा अहिले सम्म कालोपत्रे बन्न सकेको छैन निर्माण शुरु भएको लामो समय बितिसक्दासमेत यस सडकखण्डले पूर्णता पाउन सकेको छैन । सडकको यो दयनीय अवस्थाका कारण सर्वसाधण हैरानीमा छन् नै यसको मुख्य चपेटामा विद्यार्थी नानीहरू पर्ने गरेका छन् । बिहान उज्यालो भएदेखि मध्यरातसम्म। सडकको धुलो र धुँवाले सर्वसाधारण मात्रै होइन स्थानीय निवासी पनि आजित भएका छन् ।
धनगढी ३ चटकपुरकै स्थानिय गोपी भट्टले धुलाम्य सडकमा पानी हाल्ने सहमती भएपनी उपमहानगरपालीकाले पानी नै नहालेको बताए । २०७८ साल देखी निर्माणाधिन सडक निर्माण गर्न चन्द्रशेखर मल्लले ठेक्का पाएको थियो । ५ करोड बजेट हो । निर्माणका लागी म्याद थप भएको थियो, कामनै गरेन उनले भने, सडक कालोपत्रे गर्न पटक पटक आग्रह ग¥यौँ, काममा बेवास्ता गरियो, त्यसकारण सडक अवरुद्ध गर्न बाध्य भएका हौँ । स्थानिय सिद्धराज बोहराले सडकको धुलो हूँदा ब्यापारीको पसलसम्म धुलो पुग्ने, आवतजावत गर्ने सर्बसाधारणलाई हिडडुलमा समस्या हुने, लगाएको लुगा फोहर हुने, र सो सडक आसपासका घरधनीलाई बस्न समेत समस्या भैरहको बताए ।उपमहानगरपालीकालाई पानी हाल्न आग्रह गरेपनी पानी ट्याङ्करनै पठाउँदैनन् । उनले निर्माण कम्पनी र उपमहानगरपालीकाले तत्काल समस्या समाधान तर्फ ध्यान दिन जोड दिए ।
लामो समय देखी कालोपत्रे नबनेपछि स्थानीयले दबाब स्बरुप बाटो बन्द गरेको बताएका छन् । सहिदगेट चटकपुर स्थित नजिकका पसल चालकहरू भन्छन् बाटो धुलामे र धुवाँका कारणले गर्दा पसल राम्रोसंग नचलेको बताउछन् ।
उता पटकपटक ठेकेदारले काम गरेन भन्दा सडकले ठेकेदार फेर्न किन मान्दैन , काम नगर्ने ठेकेदार फेर्नु पर्ने स्थानीयको भनाइ छ। लामो समय देखी बाटो धुलामे, धुवाँले आवतजावत असर परेको छ कालोपत्रे नबन्दा स्थानीयले धेरै दुख पाएका छन् । बाटो बनाउनको लागी सम्बन्धित निकाएको ध्यान जान आबश्यक छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण स्थानियले सास्ती खेपीरहेका हुन् । निर्माणाधिन सडकमा गर्मी मौसममा धुलाम्य र बर्खामा हिलाम्य हुँदा सडकमा आवतजावत गर्न समस्या हुने गरेको स्थानियले बताएका छन् ।