धनगढी। प्रधानन्यायाधीश विश्वम्वर श्रेष्ठ सुदूरपश्चिम आइपुगेका छन्। उनी हिजो बिहीबार कैलालीबाट गृहजिल्ला डोटी गएको बताइएको छ। उनी बिहीबार राति ९ बजे डोटी पुगेका थिए।
सुरक्षा स्रोतका अनुसार प्रधानन्यायाधीश श्रेष्ठ दिपायल राजपुरस्थित मुख्यमन्त्रीको अस्थायी निवासमा बसेका थिए। त्यसपछि आज (शुक्रबार) बिहानबाट श्रेष्ठले उच्च अदालत दिपायलको निरीक्षण थालेका छन्।
यस्तै, उनले जिल्ला अदालत डोटीको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। प्रधानन्ययाधीश श्रेष्ठ वैशाख १ र २ गते नीजि कामको सिलसिलामा डोटीमै रहने कार्यतालिका छ। बैशाख २ गते नागरिकस्तरबाट प्रधानन्यायाधीशको अभिनन्दन कार्यक्रम पनि रहेको बुझिएको छ। बिहीबार श्रेष्ठले डडेल्धुरा अदालतको निरीक्षण गरेका थिए।