काठमाडौं: राजधानी काठमाडौं मेरो सपनाको सहर हो । यहि सहरमा देशका कुना कन्दराबाट हजारौं लाखौं मान्छेहरु आफ्नो सपना पुरा गर्न राजधानी सहर प्रवेश गर्दछ्न । हो म पनि त्यहि लाखौं करोडौं मध्यको एक पात्र हु । जो धेरै सपनाहरु सजाएर एउटा गाउँबाट सहर छिरेको मान्छे हु । गाउँमा देखेका सपना सहर सम्म पुग्दै गर्दा बाटोमा धेरै सपनाहरु सजाय सपना संगै योजना पनि बनाएर त्यहि सपना अनि योजना संगै आफ्नो दैनिकी संचालन गर्ने संकल्पका साथ राजधानी सहर छिरेको थिए । चौबीस घन्टाको यात्रा पुरा गरि राजधानी सहर छिरे, सहर छिरे संगै सहरको माहुल देख्दा खुसी लाग्यो तर यहि खुसी हर्षका साथ सपना पुरा गर्नु पर्नु पर्छ भन्ने संकल्प पनि सोचिरहेको थिए। संकल्प संगै सहरमा कोठा लिएर बसोबास सुरु गरे जुन सहर मेरा निम्ति अपरिचित थियो अनि नौलो पनि । राजधानी सहरमा न त मेरो भाषा मिल्थ्यो न त भेषभुषा नै किनकि म त एउटा गाउँमा हुर्केको गाउँले केटा न परे , सहरमा घुम्न जाने क्रममा आफुलाई पनि सहरिया जस्तै बन्नु पर्छ जस्तो लाग्यो । मैले आफुलाई बिस्तारै परिबर्तन गर्दै लगे सहरिया परिवेशमा सहरिया जस्तै बन्न थाले । बन्दै जादा सपनाहरु कमजोर बन्दै थिए । किनकि मैले सोचेको जस्तो सहर नहेन्छ। मेरो सपनाहरुमा निराशा छायो आफुले आफुलाई सम्झाउदै थिए सबैलाई बुझ्दै थिए । बुझ्दा बुझ्दै सहर पसेको पनि महिनौं बितिसके को रहेछ। आफुनो हालत भने जस्तो गाउँमा हुदा थिए त्यहि थियो।त फरक थियो त केवल बोलि भाषा अनि लबाइ मात्र, किनकि सहरको हावापानी ले मलाई पनि समात्दै थियो । त्यहि अनुसार सपना योजना संगै समस्या पनि दिनप्रतिदिन बढ्दै जादै थिए ।
लाग्दै थियो कि अब त मेरो सबै ढोकाहरु बन्द भैसके जस्तो अनुभुती हुने गर्थ्यो । संघर्षका पाइलाहरु समस्या ग्रस्त हुदै थिए । कहिले पैसा हुँदैन थियो त कहिले मन भारि हुन्थ्यो । मन मनको पिडा त कहिले शब्द अनि वाक्यको पिडा अनेकौ पिडा अनि समस्या ले जेलिदै थिए किनकि मैले सोचे जस्तो चाहे जस्तो सहर नरहेछ यो। यो त केवल धनि हरुको राजधानी पो रहेछ । तर पनि आफ्नो योजना लाई सार्थकता तुल्याउने संकल्प गरेको थिए गर्दा गर्दै महिनौं बिति सक्दा समेत मेरो हालत झनझन बिग्रदै गएको थियो । किनकि न त म संग रोजगार थियो न त पैसा नै, थियो त केवल सपना अनि योजना संघर्ष गर्ने सोच अनि विचार मात्र थियो । खल्तिमा केहि भएन । थियो त केवल रित्तो गोजो मात्र थियो ।
यहि दौरानमा सपना संगै महिना संगै वर्ष बित्न थाल्यो । आफ्नो हालत संघर्ष गर्दा गर्दै केहि सिप लागेन, संघर्ष निरन्तर जारि नै थियो । वर्ष संगै वर्षौ बित्यो । आफ्नो उमेर पनि बढ्दै थियो । उमेर संगै जिम्मेवारी समेत बढ्दै थियो। घरपरिवार अनि समाज को आशा अनि भरौसा निराशामा रुपान्तरण हुदै थियो । सहर बस्दा बस्दै थाकिसकेको थिए । सपनाहरुपनि हराइ सकेका थिए । जुन संकल्प अनि योजना लिएरको थिए सबैमा पानी फेरियो, अनि बाटो पनि फेरियो । किनकि थाहा छ किनकि मैले संघर्ष गर्दा गर्दै पनि केहि सिप लागे न त म के गरौं । यति मात्र कहाँ होर अब त सबैले सोध्न पनि थाले यतिका वर्ष राजधानी बस्यौ के गर्दैछौ रु के हुदै छ रु प्रगति के कति छ रु अब को योजना के छ रु तयारी के को हुदै छ रु घरपरिवार को जिम्मेवारी के छ रु नयाँ हालखबर के छ रु यस्तै यस्तै प्रश्नहरुको बर्षात हुन थाल्यो । आफु संग सन्चै छु ठिक छ ।
चलिरहेको छ जिन्दगी जेहुन तेहुन भन्नु बाहेक म संग केहि थिएन जवाफ, आफु संगैका थुप्रै साथीहरू सरकारि जागीरे भए धेरै साथीहरू बिदेशीय पैसा कमाए घरपरिवार बनाएर कोहि साथीहरू व्यापार गर्दैछ्न राम्रै पैसा आर्जन गरिरहेका छ्न । तर आफुले त आमाबुबाको जैजात उडाएको आभास हुन थाल्यो। हुन पनि त हो अहिलेसम्म यतिका वर्ष सम्म आमाबुबा को सम्पत्ति नै त सक्दै छु । आखा बाट आसुका थोपाहरु खस्न थाले । अनेकौ कुराहरु सोच्न थाले अहिलेसम्म केहि गर्न सकिन अब के गरौं कहाँ जाओ कसो गरौं कसरि गरौं अनेकौ प्रश्नहरु मनमा खेल्न थाले । सबै बाटोहरु बन्द भएको आभास भयो । अब कोहि छैन केहि छैन एक्लो जस्तो लाग्न थाल्यो किनकि बिरोजगार जो न थिए । आफुले कसैलाई केहि दिन सक्ने स्थिति थिएन नभए पछि कसैले मान्छे समेत गन्न थालेन मलाई, एउटा नालिको फोहोर जस्तै मेरो स्थिति भयो । न त कसैको मत्लब न त कसैको चासो नै हुन थाल्यो । कयौं रात सिरानि च्यापेर यहि सपनाको सहरको एउटा कुनामा बसेर आसु खसाउनु बाहेक म संग कुनै विकल्प नै भएन सोच्न थाले किन यो राजधानी सहर आएर बसिरहेको छु रु मैले राजधानी सहर आएर गल्ति त गरिन रु यसले मलाई पिरोल्न थाल्यो सोचे अनि भने म जस्ता लाखौं युवा मेरै हालतमा छ्न भने, मैले किन हिम्मत हार्ने सोच्दै थिए ।
मैले फेरि एक पटक देशको बारेमा सोच्न थाले देशमा पनि परिवर्तन भयो अवस्था अनि व्यबस्था फेरियो तर जनता को हालत उहि छ । हो आज मेरो पनि उहि हालत छ। फेरियो त केवल ठाउँ, भेषभुषा अनि बोलिचालि । थाहा छ किनकि म पनि राजनीति दलको धेरै आन्दोलनमा सरिक भएको छु । देशका धेरै जिल्ला जिल्लामा आन्दोलन सभा सम्मेलनमा सहभागी भएको छु सोच्नु कि मेरो हालत र देशको हालत उहि छ । फरक यति होकि परिभाषा मात्र फरक भयो अवस्था उहि छ ।
यहि अवस्था र प्रस्थितिले । अब त म साथीभाइ, घरपरिवार समाज समुदाय को अगाडि जानसक्ने हिम्मत समेत छैन म संग किनकि बिरोजगार न छु। किनकि बिरोजारभए पछि सबैले हेप्न थाल्छ्न भन्ने कुरा हामि सबैलाई थाहा छ बिरोजार मात्र हैन पैसा समेत कमाउन सकेको छैन । पैसा उडाउन अनि सक्नु बाहेक अहिलेसम्म केहि गर्न अनि देखाउन पनि त सकेको छैन । हो यहि राजधानी सहरमा म जस्ता लाखौं युवा अनेकौ पिडा अनि दुख समस्या ले घेरिएका छ्न । सबैलाई देख्दा त त्यति पिडा हुँदैन तर संगैको साथिले जागीर भएको छ भन्दा सुन्दा देख्दा पहाड खसे जस्तै हुन्छ । यति मात्र कहाँ होर अब त सबैले भन्न थाल्छ्न कि त संगैको तेरै साथी वा फलानाको छोराछोरी ले जागीर खाइ सक्यो त के गर्दै छ्स । राजधानीमा आज सम्म यतिका बर्ष सम्म के गरिस भन्ने र सोध्ने लाई म संग दिनलाई कुनै प्रति जवाफ छैन किन थाहा छ किनकि मैले अहिलेसम्म सिन्को समेत भाच्न सकेको छैन । रातदिन समस्या संगै जुधिरहेको छु, तर केहि प्रगति गर्न सकेको छैन । अब त घरपरिवार, समाज, समुदाय सबैले भन्न थालेका छ्न यतिका बर्ष राजधानी जस्तो ठाउँमा बसेर केहि गर्न नसक्ने ले के गरेर खान्छ होला भनेर भन्न थालेका छ्न । खै के गरौं अब अत्तोपत्तो पनि त छैन । सपना बोकेर सहर पसेको मान्छे सपनाहरु सबै हावाले उडायो, जिन्दगीमा उथलपुथल, अनेकौं उतारचढाव मात्र भएका छ्न । न त केहि गर्न नै सकेको छु, न त केहि गर्न लागेको नै छु। त्यहि भएर म जस्ता लाखौं युवाहरुले सपनाहरु जलाएर केहि सिप नलागेपछि अन्धकार जस्तै जिन्दगी जिउन बाध्य भएका छ्न। हातमा उच्च शिक्षाका कागजपत्रहरु भएर मात्र के गर्नु कागजपत्र प्रयोग गर्ने ठाउँ पनि त छैन । आफुले ठाउँ खोज्दा खोज्दै राज्यले ठाउँ दिए गर्नु भन्दा भन्दै गराउने ले गर्न दिएन । के गरै खै थाहा छैन, म मा जोस जागर क्षमता हुदाहुदै पनि घरपरिवार समाज साथीभाइहरुले कमजोर बनाइ सकेका छ्न । बारम्बार ठक्कर खादा समेत हिम्मत नहारेको युवा जब घरपरिवार समाज नै कमजोर बनाउ थाले पनि कसको के नै सिप लाग्छर । यहि दौरानमा लाखौं युवा अवसर खोज्दै राजधानीका गल्ली गल्लीमा सपना योजना कोर्दै छ्न । तर बिडम्बना भन्नु पर्छ । राज्यले कहिलै सोचेन योजना, विकास, कार्यान्वयन, रोजगारी सम्बन्धमा तर पनि युवाहरु सपना बनाएर राज्यप्रति आस अनि भरौसा गर्दै बसिरहेका छ्न । उनिहरुलाई थाहा पनि छ राज्यले केहि गर्दैन भनेर तर पनि आस अनि भरौसा गर्नु बाहेक अरु विकल्प पनि त छैन ।
थाहा छ जब बिरोजगार, पैसा नकमाउने यसमा पनि राजधानिमा बसिरहेको मान्छे भए पछि ओरालोलागेको मिर्गलाई जसरी खेद्छ्न त्यसैगरि घरपरिवार समाज साथिभाइ सबैले खेद्दा रहेछ्न । आफुले भोगेको पिडा आफ्नो बिगतको बेदना कसैले बुझ्दैन रहेछ्न । किनकि आफुले भए पछि अरुलाई कसले गन्छ्र र स्वार्थि संसार न हो । राज्य व्यबस्था परिवर्तन गर्छु भनेर आन्दोलन गर्ने आन्दोलन कारिले व्यबहार परिवर्तन भए पनि जनता अवस्था उहि छ भन्ने थाहा भएको मान्छे ले त हामिजस्ता युवाको पिडा बुझ्दैन र अरुले कहाँ बाट हाम्रो पिडा बुझ्नु होला र खै के , सपना को राजधानी भन्दा भन्दै सपना उडाएको राजधानी बनेको मेरा निम्ति यति मात्र हैन सपना बेचेको सहर बन्दै छ मेरो निम्ति ।
जोश, जागर, हिम्मत र हौसला बेचेको हराएको सहर हो राजधानी मेरा निम्ति, अब सपना बेच्ने सहर अनि बाटो फेर्नु भन्दा कुनै विकल्प नदेखेर नै म जस्ता लाखौं करोडौं युवहरु दिनप्रतिदिन विदेशीभुमिका पाइला टेक्न बाध्य भएका रहेछ्न । गरौं न पनि त के सपना अनि योजना बेच्ने थलो नै हो विदेशी भुमि हो तर के गर्नु योजना सपना बनाउदा बनाउदै पनि संघर्ष गर्दा गर्दै पनि असफल भए पछि गर्नु त के गर्नु । सबैले घृणा अनि अपमान अपहेलित हुनु र सहनुभन्दा विदेशीनु बाध्य सम्झेर नै युवाहरु विदेशीयका रहेछ्न ।
एउटा देशको राजधानीमा असफल भएका सपनाहरु विदेशी अर्काको सहरमा फरक सपना बुड्न बाध्य भएका छ्न । गरौन पनि त के अरु विकल्प पनि त छैन। यहि हो मेरो सपना को राजधानी, जो मेरो आश अनि सपना बेच्ने राजधानी बनेको छ । अब त सपना संगै खरानी बन्न मात्र बाकि छ । यो सपनाको सहर राजधानीमा त्यहि भएर यो मेरो सपनाको राजधानी भन्दापनि मेरो सपना बेच्ने राजधानी बनिसकेको छ ।
लेखक:कमल कृष्ण बिष्ट