धनगढी। कैलालीको धनगढीमा ठगी र विदेशी विनिमय अपचलन मुद्दाका फरार तीन जना पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीबाट दोषी ठहर भई फरार रहेका तीनै जना प्रतिवादीलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले विदेशी विनिमय अपचलन मुद्दामा दुई लाख एक सय ८७ जरिबाना तोकिएका धनगढी उपमहानगरपालिका–१० का रोहित राना, धनगढी उपमहानगरपालिका–१ का रामबहादुर थापालाई पक्राउ गरिएको बताए। यस्तै ठगी मुद्दामा १० हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–६ का बिरेन्द्र सिंह पक्राउ परेको उनले जानकारी दिए । अदालतबाट दोषी ठहर भई फरार रहेका तीनै जनालाई सोमबार पक्राउ गरी जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ। उनीहरमाथी थप अनुसन्धान भैरहेको बताइएको छ ।