डडेल्धुरा। डडेल्धुरामा रुख काटेको मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत डडेल्धुराको फैसलाले बिना ईजाजत साल जातका रुख काटे/कटाएको मुद्दामा फरार रहेका पर्शुराम नगरपालिका ११ पातलका ४२ वर्षीय नरबहादुर खडायत पक्राउ परेका हुन्।
जिल्ला अदालत डडेल्धुराले बिना ईजाजत साल जातका रुख काटे/कटाएको मुद्दामा २ महिना कैद सजाय र १० लाख ३६ हजार २६७ जरिवाना ठहर गरेको थियो। कैद सजाय र जरिवाना ठहर भई फरार रहेका खडायतलाई हिजो (आईतवार) प्रहरीले पक्राउ गरेको हो। जिल्ला ईलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।