कैलाली। कैलालीमा एक महिला र एक पुरुष फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेका लागूऔषध मुद्दामा ४ हजार जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका(१० बस्ने दिनेश राना र बिबिध मुद्दामा २५ हजार जरिवाना ठहर भएकी गौरीगंगा नगरपालिका(८ बडैपुर बस्ने बन्दना पुन मगर रहेका छन्। फैसला कार्यान्वयनको लागि दुबैलाई प्रहरीले अदालतमा पेश गरेको छ। पक्राउ परेकामाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।