काठमाडौं। नेपाली कांग्रेसले उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ। बझाङ प्रदेशसभा १ को लागि चुनावी कमाण्डर एनपी साउद तोकिएका छन्।
बझाङमा खटाइएका साउद कन्चनपुरबाट निर्वाचित हुन्। त्यस्तै इलाम २ को प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्डरमा महामन्त्री विश्वप्रकाश शर्मा तोकिएका छन्। महामन्त्री शर्मा यसअघि उम्मेदवार चयनको सन्दर्भमा कार्यकर्ताको मत बुझ्न इलाममा खटिएका थिए । उनी छिमेकी जिल्ला झापा १ बाट निर्वाचित हुन् ।