बैतडी। बैतडीको दशरथचन्द नगरपालिकामा लागू औषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । शनिबार साँझ बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५ का २२ बर्षीय विरेन्द्र रावललाई प्रहरीले सीमा नाका झुलाघाटबाट पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय झुलाघाट र सशस्त्र प्रहरीको झुलाघाट बिओपीबाट खटिएको संयुक्त टोलीले रावललाई भारतबाट फर्कने क्रममा चेकजाँच गर्दा खैरो हेरोइनसहित पक्राउ गरेको हो ।कागजको पुडियामा मुखभित्र राखेको अवस्थामा २ सय मिलिग्राम लागू औषध खैरो हेरोइनसहित रावल पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । पक्राउ परेका रावलमाथि लागू औषध मुद्दामा अनुसन्धान अगाडि बढाइने भएको छ । आज अदालतबाट म्याद थपेर उनीमाथि अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।