कैलाली। कैलालीमा लागूऔषध,सवारी ज्यान मुद्दामा फरार ४ प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै प्रतिवादीहरुलाई हिजो शुक्रवार प्रहरी टोलीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले लागूऔषध चरेश मुद्दामा ५ महिना १ दिन कैद र २ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–२ का घुटुरे बुढा र सोही मुद्दामा १० हजार जरिवाना ठहर भएका टीकापुर नगरपालिका–४ बस्ने बिक्रम सिंह ठकुरी पक्राउ परेका छन्।
यस्तै सवारी ज्यान मुद्दामा १ हजार ५ सय जरिवाना ठहर भएका जानकी गाउँपालिका–८ का हरीलाल चौधरी र सोही मुद्दामा २ हजार जरीवाना ठहर भएका टीकापुर नगरपालिका–३ बस्ने ज्ञानेन्द्र रावल रहेका छन्।पक्राउ परेका चारै जनालाई फैसला कार्यान्वयनको लागि प्रहरीले अदालतमा पेश गरेको छ। सो सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।