बझाङ। राष्ट्रिय प्रजातन्त्र पार्टीले बझाङ जिल्ला प्रदेश निर्वाचनको लागि किशोर खड्कालाई उम्मेदवार बनाउने घोषणा गरेको छ । प्रदेश सभा क्षेत्र नम्बर १ मा वैशाख १५ गते हुने निर्वाचनको लागि खड्कालाई अघि सारेको हो ।
जनताले युवा उम्मेदवार खोजेकोले लामो समयदेखि पर्यटन व्यवसायमा लागेका खड्कालाई उम्मेदवार बनाइएको राप्रपा बझाङका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले बताए ।
खड्का पूर्व पत्रकार समेत हुन् । सुदूरपश्चिम प्रदेशका आन्तिरिक मामिलामन्त्री समेत रहेका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भए पछि रिक्त रहेको प्रदेश सभा सदस्य पदमा उपनिर्वाचन हुँदैछ ।