धनगढी। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा रहेको कान्जी हाउसलाई गौसालामा रुपान्तरण गरिएको छ ।
बुधबार पशु कल्याण धनगढी को पहलमा गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षसहित बिभिन्न सहयोगी दाताको सहभागितामा गेटाको कान्जी हाउसलाई गौसालामा रुपान्तरण गरिएको हो । गेटा मेडिकल नजिकै लामो प्रयास पछीनिमार्ण कार्य सम्पन्न भएपछी कान्जी हाउसलाई गौसालामा परिवर्तन गरिएको पशु कल्याण धनगढी समितीका अध्यक्ष चेतराज (यस्पाल )अवस्थीले बताए ।पशु कल्याण धनगढीले विभिन्न समयमा उक्त कान्जी हाउसका गाई हरुलाइ पराल तथा फलफूल गुड खुवाउने कार्यक्रम पनि गरिएको थियो विभिन्न समयमा,उक्त कार्यक्रम विभिन्न आदरणीय व्यक्तितो हरुको सहयोग र साथ रहेको थियो । सबै सहयोग कर्तालाई विशेष धन्यवाद पशु कल्याण धनगढीको तर्फबाट साथै सदैब सहयोग र साथको अपेक्षा राखेको बताए । यस अघि गौ–संरक्षणमा काम गर्दै आएका अवस्थीले गौ–संरक्षणका लागि निर्माण गरिएको सो ‘कान्जी हाउसमा’ सयभन्दा बढी गाईका कङ्काल फेला परेको बताएका थिए।
स्थानीयले आफ्नो बाली जोगाउन गाईलाई जंगलको बीचमा बनाइएको कान्जी हाउसमा लगेर बाँध्ने गरेका थिए। त्यहाँ खानापानी नपाएर तथा विभिन्न रोगका कारण ती गाई मरेको हुनसक्ने उनले बताए। उनले भने, ‘सूचना आएपछि म स्थलगत रुपमै हेर्न त्यहाँ पुगे। एकान्त जंगलको बीचमा रहेको त्यो ठाँउको अवस्था हेर्न नसकिने थियो। सयभन्दा बढी गाई मरेर कङ्काल मात्रै बाँकी थियो। अब भने कान्जी हाउसलाई गौसालामा रुपान्तरण गरिएपछी गौ–संरक्षणमा केही सहज हुने उनले बताए ।