बझाङ। बझाङमा पुलबाट हाम फालेर एक युवती घाइते भएकी छिन। आज (बुधबार) दिउँसो बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ मा रहेको पानकोट पुलबाट हाम फालेर युवती घाइते भएकी हुन । जयपृथ्वी नगरपालिका ११ घर भएकी ति
युवतीको पहिचान खुल्न बाँकी रहेको र उनले पुलबाट हाम फालेकी हुन् वा के भएको हो भन्ने पनि नखुलेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। स्थानीयले नदीबाट युवतीको उद्दार गरेका थिए । उनको जयपृथ्वी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।