दार्चुला। दार्चुलामा अढाई किलो चरेससहित दुई जना पक्राउ परेका छन् । दार्चुलाको महाकाली नगरपालिका-१ श्रीबगरबाट अढाई किलो बढी चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। ब्यास गाउँपालिकाको सुन्सेराबाट सदरमुकाम खलंगा आईरहेको ट्र्याक्टरलाई चेकजाँच गर्दा चरेस फेलापरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझतिर सुन्सेराबाट खलंगा आईरहेको सुपप्र ०२००१ त १३१० नम्बरको ट्र्याक्टरबाट दुई किलो सात सय ग्राम चरेस बरामद भएको हो । उक्त ट्र्याक्टरका चालक र सवार एक जनालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए।
उनका अनुसार ट्र्याक्टर चालक कृष्णपुर नगरपालिका(३ कंन्चनपुर बस्ने वर्ष २७ का हर्कलाल राना र व्याँस गाउँपालिका-४ सुन्सेरा बस्ने जयलाल सिह कुँवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गोप्य सुचनाको आधारमा चरेस बरामद गरेको जनाएको छ ।