कैलाली। कैलालीको लम्कीचुहामा मृत फेला परेका पुरुषको पहिचान खुलेको छ । कैलालीको लम्कीचुहा नगरपालीका वडा नम्बर ६ र वडा नम्बर ८ को बिचमा पर्ने चरेला खोला किनारमा मृत अवस्थामा फेला परेका पुरुषको पहिचान खुलेको हो।
इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी हवल्दार मोहन ठगुन्नाका अनुसार बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का ७० वर्षीय गगनसिँह सार्की मृत अवस्थामा फेला परेका हुन्।
स्थानियले आज सोमबार बिहान करिव ११/१२ बजेको समयमा खोला किनारमा मृत अवस्थामा सार्कीलाई फेला परेका थिए। मृत अवस्थामा फेला परेको बारेमा स्थानियले इलाका प्रहरी कार्यालय लम्कीलाई जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय लम्कीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।