बझाङ। भारतको बेङ्गलोरमा ग्यास पड्किदा घाइते भएका बझाङका चार जनामध्ये एक जनाको मृत्यु भएको छ। मार्च महीनाको २५ तारीखका दिन भारतमा सिलीन्डर ग्यास पड्किदा बझाङका घाइते चार जना मध्य एक जना महिलाको मृत्यु भएको हो।
ब्याङ्गलोरको सज्जापुर रोड स्थानमा काम गदै आएका बझाङका चार जना घाइते मध्य मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नं ११ कि सोनिया धामीको आज अप्रिल १ तारिकका बिहान ४ बजे बैंगलोर स्थित भिक्टोरिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अन्य घाईते ३ जनाको उपचार भईरहेको छ।
सज्जापुर रोड स्थानमा काम गदै आएका बझाङको सुर्मा गाउँपालिका–२ का २१ वर्षीय नयन बोहरा, उनकी श्रीमती १९ वर्षीया सृजना बोहरा, १६ वर्षीया समीरा बोहराको उपचार भैरहेको छ । राति सुत्ने समयमा ग्यास बन्द गर्न भुलेर रेगुलेटर खुल्लै छोडेको र बिहान ७ः३० बजेको समयमा ग्यास जलाउदा उक्त घटना भएको स्थानीय दिपेश दमाइले बताए। घाइतेहरूको व्याङलोरको भिक्टोरीया अस्पतालमा उपचार भैरहेको बताइएको छ।