धनगढी । कैलालीमा वन पैदावार र चोरी मुद्दाका ४ फरार प्रतिवादी पक्राउ परेका छन्।जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चार जना प्रतिवादीहरुलाई आईतवार प्रहरी टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार
पक्राउ पर्नेमा बिना ईजाजत वन पैदावार काटी ओसार पसार मुद्दामा ५ हजार ३६ जरिवाना ठहर भएका कैलारी गाउँपालिका ६ का रामकुमार चौधरी, चोरी मुद्दामा १२ हजार ५ सय जरिवाना ठहर भएका कैलारी गाउँपालिका ६ का अशोक चौधरी तथा सोही मुद्दामा २५ दिन कैद सजाय ठहर भएका जानकी गाउँपालिका ८ का प्रेम चौधरी, र जानकी गाउँपालिका ८ का शिवराज चौधरी छन्।उनीहरु चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेकालाई कारागार चलान गरिएको छ ।