इलाम। आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ। पार्टीका सभापति रवि लामिछाने सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरेका हुन ।
इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रम गरी पत्रकारसमेत रहेका मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो। उम्मेदवारी सार्वजनिक कार्यक्रममा गृहमन्त्री समेत रहेका पार्टी सभापति लामिछाने, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, ललितपुर-३ की सांसद तोशिमा कार्की लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए । उम्मेदवारी सार्वजनिक कार्यक्रममा उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य रमेश प्रसाईंलगायत उपस्थित थिए ।