कञ्चनपुर। कञ्चनपुरकी एक महिलाको भारतमा स्कुटर दुर्घटना हुँदा मृत्यु भएको छ । भारतको बैंगलोर एच एस आर ले आउट जेक्स चन्द्रा क्रस रोडमा स्कुटर दुर्घटना हुँदा कञ्चनपुर दैजी ३ बस्ने मानबहादुर बोहराको ५० बर्षीय श्रीमती साबित्री देबि बोहराको मृत्यु भएको हो।
शुक्रबार बिहान सवा ११ बजे स्कुटर एक आपसमा ठोक्किदा साबित्री घाईते भएकी थिइन्। घाईते भएकी साबित्रीको उपचारको क्रममा ग्रिन भ्यु हस्पिटलमा दिउँसो १ः४० को समयमा मुत्यु भएको पारिवारिक स्रोतले बताएका छन् । उनको तिन ओटा छोराहरु छन्। ति मध्ये दुई छोरा साथमा रहेका र जेठो छोरा कञ्चनपुर दैजीमै रहेका छ्न्।