काठमाडौँ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम हिरासतमुक्त भएकी छिन्। बाहिर राखेर पनि अनुसन्धान गर्न मिल्ने सरकारी वकिलको कार्यालयले बताएपछि उनलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
बमले एक युवतीको मोबाइलबाट गोप्य तस्वीर र भिडियो हात पारेर उनीसँग ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ । प्रहरी वृत्त महाराजगञ्जमा आपराधिक लाभको कसूरमा जाहेरी परेपछि बुधबार प्रहरीले उनलाई पक्राउ गरेको थियो ।पक्राउ परेपछि उनलाई अनेरास्ववियुले निलम्बन गरेको थियो। उनी प्रहरी नियन्त्रणबाट छुटेपनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। उनको घर कैलालीको धनगढी हो।