धनगढी। धनगढीबाट चेक अनादर मुद्दाका फरार एक प्रतिबादी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४७ वर्षीय जनकबहादुर देउल्याल मंगलवार पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ हजार जरिवाना ठहर गरेपछि देउल्याल फरार रहेका थिए। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालत समक्ष पेश गरेको छ। उनीमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।